कृष्टिनालाई मिस मगर नेपालको उपाधि

केन्द्रभाग मिडिया

पोखरा ।
निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात परिन् ।

उपाधिसँगै यस्तै बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु ५० हजार प्राप्त गरिन् । साथै आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा मुदी म्याग्दीकै नरिशा पुनमगर ताज र नगद रु २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् ।

थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मी आलेमगरले हात पारिन् आलेमगरले ताजसहित नगद रु १५ हजार हात पारिन् । रश्मीले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र बेस्ट पर्सनालिटी अवार्डपनि जितिन् । भने, भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद रु १० हजारसहित पुरस्कृत भइन् भने उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् ।

उनका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट टे«नी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् । यसैगरी मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् ।

भने, मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाण्डौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् । देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतीको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापाले जानकारी दिए ।

उनका अनुसार ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । भने, अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए । ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने समगर समुदायम आधारित चलचित्र खुस्माका नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायतके सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहेको थियो ।नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा सम्पन्न भएको सो कार्यक्रममा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङ्ग्वेज , सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको थियो ।
यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको थियो ।

  • २३ भाद्र २०८१, आईतवार २०:२६ प्रकाशित