सामुदायिक वगरमा स्वागत तथा विदाई

केन्द्रभाग मिडिया

पोखरा ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर वाके अपराध नियन्त्रण शाखाबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका प्रहरी निरिक्षक देवराज भट्टराईलाई एक कार्यक्रमका वीच स्वागत गरिएको थियो ।

त्यसैगरी वडा प्रहरी कार्यालय वगरकबाट सरुवा भई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँ जान लागेका प्रहरी निरीक्षक वोधराज रेग्मीलाई विदाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक देवराज भट्टराईले अपराध अनुसन्धान र कानुन कार्यान्वयमा आफू कहिल्यै नचुक्ने बताए ।

‘प्रहरीको काम समाजमा हुने अपराधिक घटनालाई हटाउदै कानुन कार्यान्वयन गर्ने रहन्छ’ भट्टराईले भने,‘ यहाँको सामुदायिक प्रहरी सेवा सगको समन्वयमा काम गर्ने आफू लागि पर्ने छु ।’

नागरिक र प्रहरी वीचको सम्वन्धलाई सुमधुर बनाउनका लागि आफू सधै लागि पर्ने उनको भनाई थियो ।प्रहरी निरीक्षक वोधराज रेग्मीले यहाँका नागरिक र समुदायको सहयोगको कारण नै वगर वसाई सफल भएको महशुस गरेको बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले विकृति रहित समाज निर्माणमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महनगर पालिका वडा नं. १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारी, निवर्तमान अध्यक्ष रामभुषण पराजुली, कोषाध्यक्ष कृष्णबहादुर तामाङले बोलेका थिए ।

  • २३ भाद्र २०८१, आईतवार १७:१७ प्रकाशित