भारतमा मतगणना जारी : मोदी गठबन्धनलाई मुस्किलले बहुमत सिटमा अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।

५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ ।

कांग्रेस नतृत्वको इण्डिया गठबन्धन २०५ सिटमा अगाडि छ । ४७ सिटमा अन्य अगाडि छन् ।भारतमा ७ चरणमा चुनाव भएको थियो । पहिलो चरणको मतदान १९ अप्रिलमा भएको थियो भने अन्तिम चरणमा १ जुनमा मतदान भएको थियो ।

अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । सुरत लोकसभा सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

  • २२ जेष्ठ २०८१, मंगलवार १०:४८ प्रकाशित