मिस एसएलसी पोखरा-२०१४ की रनरअप करुणा मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट 

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् ।  तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको साँसदले सन्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।
रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह,  यूरोलोजी गाइनी तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् । उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्‍याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् ।
वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली बिद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् । यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् ।
रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अष्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् । साथै थाइल्यान्डमा स्वेच्छिक रूपमा ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययन गराएको अनुभव समेत उनीसँग छ ।
  • २० जेष्ठ २०८१, आईतवार २०:०२ प्रकाशित