सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर नवीन पोखरेल मृत भेटिए

घटनास्थलबाट सुसाइड नोट भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन् । पोखरेल दोषी ठहर भएको ३ दिन दिनपछि झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ जसको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान छ ।

 

  • ११ जेष्ठ २०८१, शुक्रबार १५:५१ प्रकाशित