अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेतकी पत्नी करिश्मा केसीले आज बिहान छोरीलाई जन्म दिएकी हुन् ।

भैसीपार्टीको मेडिसिटी अस्पतालमा आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका सलोनका पिता शोभित बस्नेतले जानकारी दिएका छन् ।

आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।

  • २६ बैशाख २०८१, बुधबार ०९:३३ प्रकाशित