अष्ट्रेलियामा चक्कु प्रहारमा संलग्न किशोरको प्रहरीको गोली लागेर ज्यान गयो

केन्द्रभाग मिडिया

पर्थ ।

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर ज्यान गएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।

शनिबार राति अबेतिर एक व्यक्तिलाई नाबालिगले चक्कु हानेर सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । किशोरको उमेर १६ वर्ष भएको बताइएको छ ।

आक्रमणकारीलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेपछि ती किशोरलाई अस्पताल लगिएको भए पनि बचाउन सकिएन । पछिल्लो समय अष्ट्रेलियामा चक्कु प्रहारका घटनाहरू बढेका छन् ।

  • २३ बैशाख २०८१, आईतवार १०:४६ प्रकाशित