चितवनमा मोटरसाइकल दुर्घटना : २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

चितवन ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

  • २० बैशाख २०८१, बिहीबार १६:४९ प्रकाशित