डढेलो प्रकोप

ललितपुरमा डढेलो निभाउँदा घाइते अर्का एकको पनि ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि ज्यान गएको छ ।

गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलवार ज्यान गएको थियो ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।

  • १९ बैशाख २०८१, बुधबार ०८:५० प्रकाशित