पर्वतमा दम्पतीको हत्या प्रकरण : २ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण बिकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भएको थियो । ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए ।

उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो । लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

  • १८ बैशाख २०८१, मंगलवार १३:४९ प्रकाशित