अर्घाखाँचीमा जलेर एक बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार साँझ आगोले जलेर एक बालिकाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी उनकी ४ वर्षीया नातिनी अप्सरा विकको जलेर ज्यान गएको हो ।

आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घरभित्र रहेकी बालिकाको जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

  • १८ बैशाख २०८१, मंगलवार ०८:५६ प्रकाशित