सशस्त्र प्रहरीद्धारा फेवातालमा प्रदेश स्तरिय उद्धार अभ्यास

केन्द्रभाग मिडिया

पोखरा ।
सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वाटर्सका रुपमा रहेको मुक्तिनाथ बाहिनीले फेवातालमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको कृतिम नमुना अभ्यास सम्पन्न गरेको छ ।
उक्त अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु र कालिका गणमा रहेका विशेष गोताखोर टोलीको सहभागीता रहेको थियो ।

सो अवसरमा वोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआईजि कालीदास धौवजीले विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानिय सरकारहरु थप जिम्मेवारीका साथ कटिवद्ध हुनु पर्ने वताए । कालिका गणका गणपति एसपि अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौज प्रति सर्वसाधरण जनताहरुको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकहरुमा समेत परेको बेला आत्मबल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निजामति प्रशासनका उच्चपदस्थ अधिकारीहरुका साथै नेपाल रेडक्रस सोसाईटी, पोखरा पर्यटन परिषद्, होटल एसोसेसन, रेष्टुरेन्ट एसोसेसन, ट्रेकिङ्ग एसोसेसन, डुङ्गा व्यवसाय समितिका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

  • १७ बैशाख २०८१, सोमबार १८:२० प्रकाशित