‘माइती घर’का नायक सिपी लोहनीको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो ।थुप्रै गीतका गायक लोहनी फिल्म ‘माइतीघर’का नायक पनि हुन् ।

  • १७ बैशाख २०८१, सोमबार १५:३८ प्रकाशित