भारतको छत्तीसगढमा दुर्घटना : १० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको ज्यान गएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

‘बेमेतराको पाथर्रा गाउँका करिब ३० जना मानिस पारिवारिक समारोहबाट पिकअप गाडीमा चढेर फर्किरहेका थिए । कठिया गाउँ नजिकै अबेर रात सो पिकअप गाडी पहिलादेखि नै सडकमा रोकेर राखिएको एक ट्रकमा ठोक्कियो,’ जिल्ला अधिकारीले बीबीसीलाई भनेका छन् ।

नौ जनाको घटनास्थलमै ज्यान गएको हो। ज्यान गुमाउनेमा पाँच महिला र तीन बालबालिका पनि छन् ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई स्थानीय जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर चार जनालाई रायपुरस्थित एम्स अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

  • १७ बैशाख २०८१, सोमबार ११:०४ प्रकाशित