कम्बोडियाको एक गोदाममा आगलागी, २० सैनिकको ज्यान गयो

केन्द्रभाग मिडिया

एजेन्सी।

पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बिस जना सैनिकको ज्यान गएको छ । शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको ज्यान गएको देशका प्रधानमन्त्री हुन मानेटले बताएका छन् ।

काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड रहेको थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । हतियार डिपोमा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

  • १७ बैशाख २०८१, सोमबार १०:४० प्रकाशित