बाल संरक्षणमा संचारको भुमिका विषयक अन्तरक्रिया

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल बाल संगठन कास्कीको आयोजना र पोखरा महानगरको सहयोगमा बाल संरक्षणमा संचार माध्यामको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्त मोतीराज तिमिल्सीनाले बालवालिकाको संरक्षणमा मुख्य भुमिका स्थानिय सरकारकै भएको वताउदै पोखरा महानगरका ३३ वटै वडालाई वालमैत्री वडा घोषणाको तयारीमा रहेको वताए । बालबालिका माथी हुने दुब्र्यवहार, जोखिममा परेका बालवालिकाहरुको संरक्षण्मा विभिन्न निकाय, सरकारी तथा गैर सरकारी संघसंस्थाहरु लागि परेको वताउदै बालमैत्री वडा बनाउनका लागी महानगरमा छलफल जारी रहेको समेत बताए ।

अझैपनि कतिपय ठांउमा बालमैत्री संस्था नरहेको वताउदै विभिन्न बालगृह हरुमा समेत अनुगमन गर्दै आइरहेको र नेपाल सरकारले वालवालिकाका लागि सानो रकम छुट्याएको र त्यसमा महानगरले समेत रकम थप गरी अगाडी वढेको उनको भनाइ रहेको थियो । बालवालिका संग काम गर्ने संघ संस्थाहरु संग समन्वय गरेर जोखिममा परेका वालवालिकाहरुका लागी समयमा उद्धार गर्ने र उनीहरुको स्थितीबारेमा बुझ्ने काम गरेर मात्र बालगृहमा पठाउने काम गरेको समेत तिमिल्सीनाले बताए । वालवालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु संग सहकार्य गरेरनै बालवालिकाको संरक्षणमा लाग्ने उनको भनाइ रहेको थियो ।

पछिल्लो समय अभिभावकहरु ब्यस्त भइरहदा बालवालिकालाई समय दिन नसक्दा विभिन्न समस्याहरु उत्पन्न भएको वताउदै मोवाइलले झनै बालवालिकाहरुलाई मानसिक समस्यामा समेत उत्पन्न भएको वताउदै यसबारेमा समेत सचेतना बढाउन आवश्यक रहेको उनको भनाइ रहेको थियो । नेपाल बाल संगठन कास्कीको अध्यक्ष बामदेव ढुंगानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीहरु सुमन ढुंगाना र सुरेस रानाभाटले कार्यपत्र प्रस्तुत गरेका थिए ।

  • १६ बैशाख २०८१, आईतवार १९:१८ प्रकाशित