एड्स रोग नियन्त्रण संघमा विविध कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

एडस रोग नियन्त्रण संघ कास्कीमा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।संघले साहित्यकार प्रकट पगेनी शिवको निधनप्रति श्रद्धाञ्जली सभासहित विविध कार्यक्रम आयोजना गरेको हो ।

संघले संघद्वारा जनचेतना अभिवृद्धिका लागि निर्माण गरिएको प्रतिबद्धता फिल्मका नायक प्रकट पगेनी शिवको स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

यसैगरी, संघले कास्कीको माछापुच्छ्रे–२, भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे मा.वि. भुर्जुङखोलामा पगेनी अभिनित चलचित्र प्रतिबद्धतासमेत प्रदर्शन गरेको छ ।

समारोहमा माछापुच्छ्रे मा.वि. विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गमबहादुर गुरुङ र प्रधानाध्यापक सन्तोष आचार्यले समुदायमा जनचेतना जगाउन र सचेतना छर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

माछापुच्छ्रे–२ का वडाध्यक्ष गणेश आचार्यलगायतले चलचित्र अवलोकन गर्नुका साथै समाजमा विद्यमान कुसंस्कार अझै राम्ररी निराकरण हुन नसकेको बताए ।

संघका अध्यक्ष विश्वमोहन गौचनले संघका गतिविधिलाई प्रभावकारी बनाउन साहित्यकार तथा कलाकार प्रकट पगेनी शिवको निधनले संघलाई अतुलनीय क्षति पुगेको बताए । सोही समारोहबीच संघले विद्यालयलाई दुई कार्टुन सेप्टी प्याडसमेत वितरण गरेको छ ।

  • १६ बैशाख २०८१, आईतवार १६:४७ प्रकाशित