काठमाडौंको शङ्खमूलमा आगलागी, वर्कसप सहित ५ पसलमा क्षति

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ ।

दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने एकीन भएको छैन ।

  • १६ बैशाख २०८१, आईतवार १४:१३ प्रकाशित