सहकारी प्रकरण : धरौटी राखेर रिहा भए पूर्व उपराष्ट्रपति पुत्र दीपेशकुमार पुन

केन्द्रभाग मिडिया

बुटवल ।

सहकारी प्रकरण मुछिएका पूर्व उपराष्ट्रपतिका पुत्र दीपेशकुमार पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।

वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् ।

न्यायाधीश डा।श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज (एक हप्ता पछि)बुझाएर पुन छुटेका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए ।

अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा छन् ।

  • १४ बैशाख २०८१, शुक्रबार १७:०४ प्रकाशित