आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा थियो। यस्तै आज डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिदर १६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रुपैयाँ २० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा थियो ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८ रुपैयाँ ६३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा रहेको छ ।

  • १३ बैशाख २०८१, बिहीबार १०:०० प्रकाशित