मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदाँ १० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

क्वाललम्पुर ।

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदाँ १० जनाको ज्यान गएको छ ।

नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेको बताइएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।

दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको ज्यान गएको बीबीसीले जानकारी दिएको छ ।

  • ११ बैशाख २०८१, मंगलवार १०:३० प्रकाशित