वेल्डिङ गर्दा आगलागी : एकको ज्यान गयो

केन्द्रभाग मिडिया

काभ्रे ।

काभ्रेको तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका(७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो ज्यान गएको हो ।जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १० बैशाख २०८१, सोमबार १४:३२ प्रकाशित