रेसिङ प्रतियोगितामा कार अनियन्त्रित हुँदा श्रीलङ्कामा सात जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

कोलम्बो ।

रेसिङ प्रतियोगितामा कार अनियन्त्रित हँदा श्रीलङ्कामा सात जनाको ज्यान गएको छ ।श्रीलङ्कामा आइतबार भएको एक रेसिङ प्रतियोगिताका उक्त दुर्घटना भएको हो । सो घटनामा १८ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलङ्काको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो । ज्यान गुमाउनेमा रेस आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ । रेस श्रीलङ्काली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलङ्काली सेनाको २८ औँ कार्यक्रम थियो ।

रेस प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बिचमै रद्द भएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

  • १० बैशाख २०८१, सोमबार १०:२८ प्रकाशित