भारतमा कार दुर्घटना : विवाह भोज खाएर फर्किइरहेका नौ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतको राजस्थान झालावार जिल्लामा कार दुर्घटनामा परि विवाह भोज खाएर फर्केका नौ जनाको ज्यान गएको छ ।बिहान २ः४५ बजे को समयमा ट्रकसँग कार ठोक्किँदा दुर्घटना भएको हो ।

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै र अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो ।

  • ९ बैशाख २०८१, आईतवार ११:०९ प्रकाशित