साताको अन्तिम दिन आज युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरोको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा थियो । आज डलर एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० रहेको पैसा छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ ।

  • ७ बैशाख २०८१, शुक्रबार १०:०६ प्रकाशित