जन्ती बोकेको बस दुर्घटना ३ जनाको ज्यान गयो, सात जना गम्भीर

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो ।

बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए ।

  • ७ बैशाख २०८१, शुक्रबार ०९:४८ प्रकाशित