दुबईमा मुसलधारे वर्षा, विमानस्थल डुबानमा

केन्द्रभाग मिडिया

दुबई ।

संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ ।

भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ ।

बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखिएको छ । सडक यातायात देखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईको विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् । यस अघि सोमबार ने दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो । युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घण्टाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो ।

आइतबार र सोमबार ओमानको विभिन्न हिस्सामा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको ज्यान गएको ओमानको राष्ट्रिय विपद् व्यवस्थापन समितिले बताएको थियो । देशको विविध हिस्सामा भारी वर्षा जारी छ । मौसम बुधबारसम्म खराब रहने बताइएको छ । गएको वर्ष पनि नोभेम्बरमा दुबईमा मुसलधारे वर्षाका कारण सहर बाढीमा डुबेको थियो ।

 

 

 

  • ५ बैशाख २०८१, बुधबार ११:११ प्रकाशित