अफगानिस्तान र पाकिस्तानमा बाढीको वितण्डा : हालसम्म ५७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काबुल ।

अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङ्गका कारण ५७ जनाको ज्यान गएको छ । बाढीको प्रकोपका कारण दुवै देशमा धेरै घरहरू क्षतिग्रस्त भएको बताइएको छ ।

२५० भन्दा धेरै पशुको ज्यान गएको खबर छ । ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४ जना भएको बताइएको छ । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ्जाब प्रान्तमा भएको छ । दुवै देशका मौसम विभागका अनुसार आगामी दिनमा पनि भारी वर्षाको सम्भावना छ ।

बाढीले राजधानी काबुल र देशका अन्य धेरै प्रान्तहरू प्रभावित भएको तालिवानको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता अब्दुल्लाह जनान साकले बताएका छन् । बाढीका कारण झण्डै ८ सय हेक्टर बाली नष्ट भएको छ भने सडकमा पनि क्षति पुगेको छ ।

  • ३ बैशाख २०८१, सोमबार ११:०९ प्रकाशित