बैंकहरुले गरे नयाँ ब्याजदर सार्वजिनक

केन्द्रभाग मिडिया

पोखरा ।
मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएउँदै अधिकांस वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा २ वटाले ब्याजदर घढाउँदा ५ वटाले स्थिर राखेका छन् । बाँकी बैंकले भने घटाएका छन् ।

चैतको तुलनामा वैशाखमा बैंकको ब्याजदर औषतमा ०.१८ प्रतिशत बिन्दुले घटेको छ । चैतमा बैंकको ब्याज औषतमा ७।२५ प्रतिशत रहेको थियो । अहिले ०.१८ प्रतिशत बिन्दुले घटेर ७.०७ प्रतिशत रहेको छ ।

ब्याजदर बढाउने बैंकमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । एभरेष्ट बैंकले चैतमा ६.५ प्रतिशत ब्याज दिएको थियो । चैतको तुलनामा बैशाखमा ०.५ प्रतिशत बिन्दुले बढेर ७ प्रतिशत पुगेको छ ।

यस्तै एनएमबि बैंकले चैतमा ७ प्रतिशत ब्याज दिएकोमा वैशाखमा ०.९७ प्रतिशतले बढाएर ७.९७ प्रतिशत दिएको छ । बैंक ब्याजदर नबढाउने बैंकमा कृषि विकास बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएको छ ।

  • ३० चैत्र २०८०, शुक्रबार १२:३३ प्रकाशित