आजदेखि लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरुहुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आजदेखि १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु हुँदैछ । होटल संघ पोखराको आयोजनामा हुने महोतसव १ बैशाखसम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सव फेवाताल किनार ड्यामसाइड चोकदेखि खहरेचोकसम्मको सडकमा आयोजना गरिने छ । ‘पर्यटन संस्कृति र खाना’भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले आयोजना गर्न लागिएको हो । महोत्सव भव्य बन्ने महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष सुवेदीले बताएका छन् ।

महोत्सवको अवसरमा संघ मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको यसअघि नै घोषणा गरिसकेको छ । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल रहनेछन् ।

महोत्सवमा विविध सांस्कृक्तिक झांकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिने छन । गोर्खा बुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रवर्द्धन गरेका छन् ।

गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवर्द्धन, परम्परागत नेपाली खानाको प्रवर्द्धन , सांस्कृतिक झांकीका कार्यक्रम , लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य सहित हास्यव्यङ्गय प्रस्तुती र पर्यटक दौड प्रतियोगिता महोत्वको प्रमुख आकर्षण रहेका छन् ।

  • २९ चैत्र २०८०, बिहीबार ०९:०९ प्रकाशित