मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको ज्यान गयो, कयौँ बेपत्ता

केन्द्रभाग मिडिया

File photo

एजेन्सी ।

पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको ज्यान गएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए ।

यो भनेको डुंगाको क्षमताभन्दा बढी थियो । ५ जनालाई बचाउन सकिए पनि धेरै बेपत्ता रहेको खोजी कार्य जारी भएको बताइएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको नाम्पुला सचिव जेमे नेटोले भनेका छन् ।

डुंगामा सवार सबै मानिस हैजाबाट बच्न बसाई सरेर जाँदै थिए । घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी भिडियोहरूमा मानिसहरूको उद्धार भइरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।

  • २६ चैत्र २०८०, सोमबार १७:०२ प्रकाशित