फेवातालमा छाल, तालबाट एक र तालबाराहीबाट २५ जनाको उद्दार

केन्द्रभाग मिडिया

पोखरा ।
हावाहुरीका कारण फेवातालमा छाल छाल आएर  कायक पल्टँदा डुबेका एक जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ ।

मन्दिरमा फसेका स्वदेशी एवं विदेशी  गरेर थप २५ जनालाई रेस्क्यु गरिएको सशस्त्र प्रहरी गण कालिकाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले जानकारी दिएका हुन् ।

उनका अनुसार आइतबार साँझ ४ः२० बजेको समयमा फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीले कायक पल्टिएर खसेका स्याङजा अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियारको उद्दार भएको हो ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेवातालस्थित रेस्क्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै उद्दार गरेको हो ।

द्वार

  • २५ चैत्र २०८०, आईतवार १९:०४ प्रकाशित