पोखरा ।
नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री न्युक्त भएका छन् ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आज अधिकारीले सभामुख कृष्ण धिताल र नेकपा एकीकृत समाजवादीबाट राजिनामा दिएका राजिव गुरुङको समेत समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए ।
मुख्यमन्त्री अधिकारीको सपथ ग्रहण कार्यक्रम आजै ३ः३० बजे रहेको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।