जनप्रतिनिधि, कर्मचारी र नगरप्रहरीलाई आधारभुत प्राथमिक उपचार तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र पोखरा महानगरको सहयोगमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । महानगर भित्र रहेका जनप्रतिनिधी, कर्मचारी र महानगर प्रहरीको सहभागीता रहेको उक्त तालिम सोमबार देखी शुरु भइ बिहीबार सम्पन्न भएको हो ।

तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तालिममा सिकेका कुरालाई ब्यहारमा उतार्नुपर्नेमा जोड दिदै एड्भान्स लेभलको तालिमका लागि समेत तालिममा सहभागीहरु तयार हुनुपर्ने वताए । प्राथमिक उपचार हेर्दा सुन्दा सामान्य भएतापनि यसले कुनैपनि दुर्घटनामा परेकाहरुलाई बचाउन ठूलो भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।


सो अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाइटी कास्ककिा कोषाध्यक्ष विष्णु प्रसाद भण्डारीले पोखरा महानगरले आगामी दिनमा विपद ब्यवस्थापन सम्बन्धी तालिम दिन सके अझै उत्कृष्ट हुने वताउदै पोखरा महानगर भित्रका विभिन्न वडाहरुमा समेत आधारभुत प्राथमिक उपचार तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।

तालिम संयोजक मोहन सिंह खड्काले चार दिन सम्म सञ्चालन भएको तालिममा सहभागीहरुले आ आफ्नो क्षेत्रमा गइ कुनैपनि भइपरि आउने दुर्घटनामा आधारभुुत प्राथमिक उपचारमा सहजीकरण गर्न सक्ने वताए । विशेष गरी जनता संग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिहरुले तालिम लिएर थप जिम्मेवारी वढाउने काम गरेको उनको भनाइ रहेको थियो ।


तालिमको माध्यामबाट महानगरमा रेडक्रसको २४ जना प्राथमिक उपचारका स्वयं सेवक थपिएको वताउदै कुनैपनि ठाउमा भइपरि आउने दुर्घटनामा प्राथमिक उपचारमा खटिनका लगी तयारी अवस्थामा रहन समेत तालिममा सहभागीहरुलाई खड्काको आग्रह रहेको थियो ।

तालिममा सहभागीको तर्फबाट बोल्दै रिता सुनारले आफुहरुले प्राथमिक उपचारको बारेमा थाहा भएको भएतापनि बास्तबिकता केहो भन्ने चार दिनको तालिमबाट प्रस्ट भएको वताउदै यस्ता तालिमहरुलाई महानगर भित्र रहेका विभिन्न टोल, समाजहरुमा पु¥याउन सकेको खण्डमा दुर्घटनामा परेकाहरुको जीवन जोगाउन सकिने वताइन ।


अर्का सहभागीले भइपरि आउने दुर्घटनाबाट जीवन वचाउनका लागि आवश्यक पर्ने पहिलो चरणको उपचारको बारेमा सैद्धान्तिक र ब्यवहारीक रुपबाट ज्ञान हाँसिल गर्न पाउदा खुसी लागेको वताउदै यस्ता तालिमहरु महानगरका ३३ वटै वडाका जनप्रतिनिधिहरुलाई दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले तालिममा सहभागीहरुले आ आफ्नो कार्यक्षेत्रमा गइ विपदमा परेकाहरुलाई प्राथमिक उपचारमा सहजीकरण गर्न थप मदत पुग्ने वताउदै आगामी दिनमा विपद ब्यवस्थापन तालिमका लागी समेत महानगर संग सहकार्य गरेर अगाडि वढ्ने वताए । चार दिन सम्म सञ्चालन भएको तालिममा पोखरा महानगरका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी गरी २४ जनाको सहभागीता रहेको थियो ।

  • २२ चैत्र २०८०, बिहीबार १८:३७ प्रकाशित