श्रम अदालतको मुकाम काठमाडौं तोकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले श्रम अदालतको मुकाम काठमाडौंलाई तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकामा त्यसको सट्टा काठमाडौं जिल्ला रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने भन्ने निर्णय भएको छ । यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने’, मन्त्रिपरिषदको निर्णयबारे उनले भनिन् ।

सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्राध्यापक डा। पशुपति चौधरी र सदस्य पदमा सिरहा निवासी डा। वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

  • २२ चैत्र २०८०, बिहीबार १६:३० प्रकाशित