अस्पतालमा एसीको पाइप विष्फोट हुँदा भागाभाग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट हुदाँ भागाभाग भएको छ । एसी विष्फोट भएर ठुलो आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ ।

कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त महाराजगन्जका डीएसपी अमर थापाले जानकारी दिए । उनले भने– ‘मानवीय र भौतिक क्षति भएको छैन ।’ अस्पताल प्रशासनले विस्फोट भएको एसी मर्मत गरिरहेको छ ।

  • २२ चैत्र २०८०, बिहीबार १५:१७ प्रकाशित