ताइवानमा शक्तिशाली भूकम्प, छिमेकी देशहरुमा सुनामीको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको हो ।

भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन । बीबीसीका अनुसार ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको हो ।

ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली भनेका छन् । यो भूकम्पको कारण जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठूलो भूभागमा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउ सक्ने अनुमान मौसमविद्हरुकाले गरेका छन् ।

फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ । चीनको दक्षिणपूर्वी फुजिआन प्रान्तका पनि कतिपय ठाउँमा भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • २१ चैत्र २०८०, बुधबार ०८:२४ प्रकाशित