सिरियामा इजरायली हवाई हमला, कम्तीमा ४२ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

 

दमास्कस ।

उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको ज्यान गुमेको छ । सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २ः४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ ।

बेलायतमा रहेको अनुगमन संस्थाले हिजबुल्लाहको हतियार भण्डारलाई निशाना बनाएर गरिएको यस हमलामा हिजबुल्लाह लडाकुका साथै धेरै सिरियाली सैनिक मारिएको बताएको छ । आक्रमणको केही घण्टापछि इजरायली सेनाले लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ नेता अली अबेद अख्सान नइमले ज्यान गुमाएको बताएको थियो ।

इजरायली सेनाका अनुसार उनी हिजबुल्लाहको क्षेप्यास्त्र र रकेट इकाईका उपकमाण्डर थिए र इजरायली नागरिकहरूमाथि हमला गर्ने योजना बनाउने र अभियान सञ्चालन गर्न जिम्मेवार थिए । इजरायलको दाबीमा हिजबुल्लाहको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

हमासबाहेक सिरिया, इरान र हिजबुल्लाह सबै इजरायलको अस्तित्वको विरोध गर्छन्। अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायल र हिजबुल्लाहबिच एक अर्कामाथि आक्रमण बढेको छ । –बीबीसी

  • १७ चैत्र २०८०, शनिबार ०७:२४ प्रकाशित