आज तराईमा मनाइँदै होली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आइतबार मनाइएको होली आज तराईमा मनाइँदैछ ।

आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा होली पर्व मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा बिदा दिएको छ भने प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध पनि गरेको छ ।

तराईका बासिन्दाको बसोबास रहेका काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।

  • १२ चैत्र २०८०, सोमबार ०९:२८ प्रकाशित