पत्रकार दीपेन्द्र श्रेष्ठ र स्व. त्रिभूवन पौडेललाई दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी र कास्की शाखाका सल्लाहकार दीपेन्द्र श्रेष्ठ र पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ ।

२०७९ सालको पत्रकारिता सम्मान श्रेष्ठलाई प्रदान गरिएको हो । यस्तै, मरणोपरान्त सम्मान स्व. त्रिभुवन पौडेललाई अर्पण गरिएको हो । २०८० को सम्मान त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारीलाई अर्पण गरिएको हो । शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले एक लाख एक हाजार १११ नगदसहित दोसल्ला र सम्मानपत्रले उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्नेगरी आवश्यक संरचना र पूवाधार निर्माण गरिने उनले बताए । सञ्चारकर्मी र सञ्चार माधयम राष्ट्रिय सेवामुलक उद्योग सरहको मान्यता दिएर संरक्षण र सम्बद्र्धन गर्ने सरकारको नीति रहेको उनले सुनाए ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले स्वर्गीय त्रिभुवन पौडेल र दीपेन्द्र श्रेष्ठ पोखरामा पत्रकारिता गरेर देशमा चिनिने पात्र रहेको बताए । उनले नेपालको पत्रकारिताले राज्यबाट अभिभावकत्व महसुस गर्न नसकेको अनुभव सुनाए । आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका लागि आफूहरूले राखेको माग पूरा नभएको उनले बताए ।

कार्यक्रममा पुरस्कार स्थापनाकर्ताको तर्फबाट विश्वशंकर पालिखे, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र सचिव माधव बरालले बोलेका थिए ।

 

 

  • ४ चैत्र २०८०, आईतवार १४:३६ प्रकाशित