काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठ पार्टी कार्यालयमकै कुटिएका छन् ।
पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिएको बताइएको छ ।
आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको बताइएको छ ।