राष्ट्रियसभा निर्वाचन

गण्डकीमा गठबन्धनका उम्मेदवारले दर्ता गरे मनोनयन

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् ।

श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन् ।राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन हुदैँछ ।

  • २३ पुष २०८०, सोमबार १४:२१ प्रकाशित