गण्डकीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा एमालेको तर्फबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

सोमवार पोखरास्थित  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले उम्मेदवारी दर्ता गराएका हुन् । स्थानीय तहका ६९ र प्रदेशका २२ सांसद रहेका एमालेले गण्डकीका तीनै सीटमा उम्मेदवारी दिने भएको हो ।

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

  • २३ पुष २०८०, सोमबार १४:१४ प्रकाशित