कारोबार खुलेकै दिन हिमालयन रिको सेयर ९.९९ प्रतिशतले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार सुरु भएको हिमालयन रि इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबार सुरु भएलगत्तै ९.९९ प्रतिशतले बढ्दै सकरात्मक सर्किटसँगै ३४०.१० रुपैयाँ पुगेर कारोबार रोकिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट हिमालयन रिको सेयरले १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेञ्ज पाएको थियो । यसमध्ये ३०९ रुपैयाँबाट कारोबार सुरु भएर प्रतिकित्ता ३४० रुपैयाँ पुगेर रोकिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्मका लागि प्राथमिक सेयर बिक्री खुलाएको थियो । यसक्रममा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर पाएका थिए ।

  • २३ पुष २०८०, सोमबार १४:१० प्रकाशित