चितवनमा बोरामा भेटिएको दुई शवको सनाखत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले बताइन् । मृतक दुवै जना भारतीय नागरिक रहेको खुलेको छ । उनीहरुको नाम भने खुलाइएको छैन । चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

  • २३ पुष २०८०, सोमबार १३:१६ प्रकाशित