मलेसिया रोजगारी सिण्डिकेट सम्झौता खारेज नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

मलेसियामा स्थापित सन्दिग्ध कम्पनीमार्फत वैदेशिक रोजगार कामदार कल्याणकारी व्यवस्थापनका नाममा ‘सिन्डिकेट’ खडा गर्ने सम्झौता गरिएपछि व्यवसायीहरूले आपत्ति जनाएका छन् । मलेसियाको रोजगारीमा एकाधिकार जमाउन असफल प्रयास गरिएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले कामदारको हितमा काम गर्ने सरकारी संस्था वैदेशिक रोजगार बोर्ड सचिवालयले एक नीजि कम्पनीसँग सम्झौता गर्नु गैर कानूनी भएको बताए ।

सिण्डिकेटधारीहरुले ल्याएको योजनाका बारेमा सरोकारवालासँग कुनै छलफल नै नगरी गोप्य रूपमा सम्झौता गर्नुले गम्भीर प्रश्न खडा भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले यस्ता विवादास्पद सम्झौता गर्ने अधिकार कार्यकारी निर्देशकसँग नभएको भन्दै तत्काल खारेजीको माग गरेको छ । सम्झौता नसच्याए चरणबद्ध आन्दोलन हुने चेतावनी पनि संघले दिएको छ ।

‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’मार्फत नेपाली कामदारको अनलाइन प्रणालीबाट तथ्यांक राख्ने र उनीहरुलाई सहायता प्रदान गर्नेसम्बन्धी सम्झौतामा गुपचुप हस्ताक्षर भएको जनाइएको छ ।

  • २३ पुष २०८०, सोमबार ११:०२ प्रकाशित