आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २६ र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५१ पैसा थियो। यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ८३ र बिक्रीदर १६९ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

  • २३ पुष २०८०, सोमबार १०:१२ प्रकाशित