रुसी सेनामा गएका थप एक नेपालीको ज्यान गएको पुष्टि : ज्यान गुमाउनेमा स्याङ्जाका हरि अर्याल

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
रुसी सेनामा भर्ति भएका थप एक नेपालीको रुस–युद्धमा ज्यान गएको पुष्टि भएको छ ।

रुसी सेनामा भर्ति भएका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धमा ज्यान गएको भन्दै खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । कुँवरले भनेका छन् , ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो’ ।

वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा ज्यान गएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।

  • १७ पुष २०८०, मंगलवार १४:५९ प्रकाशित