महोत्तरी गौशालाकी उपमेयर चढ्ने गाडीमा आगजनी

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताए ।

उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।

  • ८ पुष २०८०, आईतवार १०:३३ प्रकाशित