सन्दीप लामिछाने विरुद्ध मुद्दाको आज किनारा लाग्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।आज मुद्दाको किनारा लाग्ने बताइएको छ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

  • ८ पुष २०८०, आईतवार १०:१८ प्रकाशित